Home » , » ऋषिले पाए ८२ घन्टापछि पुर्नजन्म, अन्य चार जीवितको उद्धार हुन सकेन

 काठमाडौँ, १६ वैशाख - भूकम्पमा परेका अर्घाखाँचीका ऋषि खड्काको ८२ घन्टापछि राजधानीको गोंगबुबाट जीवितै उद्धार गरिएको छ।फ्रान्सको विशेषज्ञ टोलीको सहयोगमा सशस्त्र प्रहरी बलको सीएसएसआर कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिमले मंगलबार राति सवा दस बजे उद्धार गरेको हो। उनको उद्धार पछि उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज पुर्‍याएको छ। गोंगबुस्थित मित्रनगरमा रहेको पाँचतले सयपत्री गेस्ट हाउसको भुइँतलाबाट २८ वर्षीय ऋषिको उद्धार गरिएको हो। टोलीमा रहेका सशस्त्रका सात र सीएसएसआरका पाँच गरी १२ जना मध्याह्न १ बजेदेखि खटेका थिए।


टोलीले ऋषिलाई पाँच घन्टाको प्रयासपछि  जीवितै फेला पारेको थियो। सेना र कार्यविनायक अस्पतालका चिकित्सकले ऋषिलाई अक्सिजन मास्क लगाएर स्लाइन र शक्तिवद्र्धक सुई दिएका थिए। साँझ ६ बजे चिकित्सकसँग गेस्ट हाउसको भुइँतलामा पुगेका रोटरियन दीपजंग शाह ठकुरीले थिचिएका युवक ऋषिलाई उद्धृत गर्ने क्रममा जसरी पनि बचाइदिनोस् भनिरहेका छन्। उद्धार टोलीले एक घन्टा लगाएर उनलाई निकालेको थियो।  ठकुरीका अनुसार ऋषिसँगै एक मृत युवक घोप्टो परेर वान्ता गरेको र मुखमुनि भुइँमा अलिकति रगत देखिएको अवस्थामा भेटिएका छन्। गेस्ट हाउसका सञ्चालक छत्रबहादुर बस्नेतले शनिबार १२ बजेको भुइँचालोपछि तेस्रो तलाबाट हाम्फालेर बाँचेको बताए। 

कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिमले मंगलबार बिहान साढे दुई बजे नौजना टर्किस विशेषज्ञ टोलीसँग मिलेर २१ वर्षीय अर्को युवकको साढे ६२ घन्टापछि उद्धार गरेको थियो। सीएसएसआरको नेतृत्व गरिरहेका इन्स्पेक्टर विष्णुनाथ पोखरेलले ६ फिट खोतलेर फूलबारी गेस्ट हाउसबाट उनलाई जीवितै उद्धार गरेको जानकारी दिए।पोखरेलका अनुसार, सूचना पाएपछि आइतबार ११ बजे पुग्दा मिलनटोलमा रहेको भत्किएको उक्त गेस्ट हाउसमा दुईजना मृत र चारजना जीवित थिए। त्यो दिन उनीहरूसम्म पुग्न नसकेकाले सोमबार तीनजनाको ज्यान गएको उनको भनाइ छ।उद्धार टोलीहरूले मुलुकभरबाट एक सय ९८ जनाको जीवितै उद्धार गरेको छ भने सिन्धुपाल्चोकबाट तीनसय जनालाई उद्धार गरी बसबाट राजधानी ल्याएको छ। उनीहरूको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।


Disclaimer: This Website contains the videos/movies and other stuffs availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our site visitor (we are not using these resources commercially). If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at info.lognepal@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.

0 comments to "ऋषिले पाए ८२ घन्टापछि पुर्नजन्म, अन्य चार जीवितको उद्धार हुन सकेन"

Leave a comment

Powered by Blogger.